एमाले साेलुखुम्बुकाे अध्यक्षमा डुफकुमार बास्ताेला सर्वसम्मत

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले जिल्ला कमिटी सोलुखुम्बुको अध्यक्षमा डुफ कुमार बास्तोला सर्वसम्मत चयन हुनुभएको छ । आइतबार सम्पन्न सातौँ जिल्ला अधिवेशनको बन्द सत्रबाट अध्यक्षमा बास्तोला सहित ९० सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा हर्क बहादुर राई, सचिवमा आस कुमार राई (शिशिर), उपसचिवमा दिपक राजभण्डारी र मिङमा शेर्पा चयन हुनुभएको नवनिर्वाचित उपसचिव दिपक राजभण्डारीले जानकारी दिनुभयो । सर्वसम्मत पदाधिकारी सहित जिल्ला कमिटी गठन गर्ने प्रयासका कारण एक दिन ढिला अधिवेशन सम्पन्न भएको हो । बन्द सत्रमा नेतृत्व सहित पदाधिकारी र जिल्ला कमिटीको नाम बाचन गर्द सबैसंग छलफल नभएको भन्दै केहि नेताहरुले असन्तुष्ट व्यक्त गरेका थिए ।

यस अघि तत्कालिन पार्टी अध्यक्ष मानविर राईले पदबाट राजिनामा दिएर बास्तोलालाई नै अध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएको थियो । यस्तै तत्कालिन नेकपा विभाजनपछि एमालेमा आएका तत्कालिन माओवादीका नेता आश कुमार राई ‘शिशिर’लाई पुनः सातौँ अधिवेशनले सचिवको जिम्मेवारी प्रदान गरेको छ । नवनिर्वाचित अध्यक्ष बास्तोला जिल्लाको नेचासल्यान गाउँपालिकाका जननिर्वाचित अध्यक्ष पनि हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार