सोलुखुम्बु : देशमा विकासको सुरुवात नै नेकपा एमाले सरकारले गरेको नेकपा एमालेका केन्द्रिय सदस्य एवं सोलुखुम्बु जिल्लाका पार्टी इन्चार्ज मानविर राईले दाबी गर्नुभएको छ । नेकपा एमाले सोलुखुम्बुको सातौँ जिल्ला अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता राईले यस्तो बताउँनुभएको हो ।
लामो समय कांग्रेसले सत्ता सञ्चालन गरेपनि जनताले अनुभुति गर्ने गरी परिवर्तन हुन नसकेको भन्दै एमालेले सत्ताको नेतृत्व गरेपछि मात्रै जनताले केहि परिवर्तनको आभास गरेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– ‘नाकाबन्दी दखि नयाँ नक्सा सार्वजनिक हुँदै विभिन्न कार्यको नेतृत्व एमाले सरकारकै पालोमा भएको हो, यो पार्टी गरिब सर्वहारा, किसान, मजदुरको पार्टीको हो, तपाईले साथ दिनुहोस् एमालेले देशमा विकासको अझ ठुलो लहर ल्याउने छ ।
जनताले विश्वास गरेर ठुलो पार्टी बनाएर पठाएपनि विकास विरोधी अन्य पार्टीहरुका कारण जनताले दिएको म्यानडेट सकिन अगावै आफुहरु सरकारबाट बाहिरिनु प¥यो, तर पनि हामी कम्जोर छैनौ, जनताको विश्वास अझ बढ्दै छ, हामी जनताको हित विपरितका कुनै पनि काम गर्दैनौ ढुक्क हुनुहोस् ।’
यस्तै, नेकपा एमाले प्रदेश नम्बर १ का प्रमुख सचेतक तथा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले नेकपा एमाले जनताको ढुकढुकी भएको बताउँनुभएको छ । नेकपा एमाले जिल्ला कमिटीको सातौ जिल्ला अधिवेशनको उद्धघाटन सत्रलाई सम्बोधन गर्दे उहाँले यस्तो बताउँनुभएको हो ।
उहाँले इतिहासमा नै लामो समय सत्ता सञ्चालन गर्ने पार्टी एमाले भएको लाखौ नागरिकको ढुकढुकी भएको समेत दाबी गर्नुभयो । एमालेले सामाजिक सुरक्षा भत्ता मासिक ४ हजार पु¥र्याएको भन्दै अझै एमाले सत्तामा आउनुपर्ने नागरिकको चाहाना रहेको दाबी गर्नुभयो ।
जिल्लाको बृहत विकासका लागी सबै पार्टी एकजुट हुनुपर्ने उहाँको भनाई छ । जिल्लामा अन्य पार्टीलाई कमजोर बनाउनका लागी पार्टीका सबै नेता कार्यकता एकजुट भएर लाग्न समेत आग्रह गर्नुभयो ।
यस्तै सोही कार्यमलाइ सम्बोधन गर्दै नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले जिल्लाको विकासका लागि एमाले र कांग्रेस मिलेर जानुको विकल्प नभएको बताउँनुभएको छ । सल्लेरीको दोर्पुमा सुरु एमाले सोलुखुम्बुको सातौं अधिबेशनको सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गर्दै सभापति शेर्पाले देशमा जस्तोसुकै राजनीतिक घटनाक्रम बिकास भएपनि सोलुखुम्बु जिल्लामा नेकपा एमाले र नेपाली कांग्रेस संगसंगै मिलेर अघि बढ्नुपर्ने बताउँनुभयो ।
जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख समेत रहनुभएका नेता शेर्पाले बिगतमा पनि पटकपटक एमाले र कांग्रेस एकआपसमा संगसंगै हिंडेको स्मरण गर्दै सुशासन, बिकास र समृद्धिका लागि एमाले र कांग्रेस जिल्लामा मिलेर अगाडी बढ्नुको विकल्प नरहेको धारणा राख्नुभयो ।
कांग्रेस र एमाले सहयात्री दल भएको भन्दै उहाँले मुलुकमा भएका हरेक राजनीतिक परिवर्तनमा दुबै दल एक साथ रहेको बताउंदै अब प्राप्त उपलब्धिको रक्षाका लागि पनि दुबै दलको सहयात्रा जरुरी रहेको धारणा राख्नुभयो ।
बिचार र सिद्धान्त फरक भएपनि दुबै दलको गन्तव्य एउटै भएको बताउंदै शेर्पाले भन्नुभयो,– ’संबिधानमा उल्लेख भए अनुसार समाजबाद उन्मुख समाज निर्माणमा दुबै दलको प्रतिबद्धता हो, गरिवीलाई अन्त्य गरेर गन्तव्यमा पुग्नका लागि पनि हामी बीच सहकार्य हुनुपर्छ।’ solu fm