प्रचण्ड पार्टी र देशकै अभिभावक हो: नेता गुरुङ

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले पार्टी र देशकै अभिभावको रुपमा रहेकोले पार्टीमा पुरानो नेतृत्वलाई नै निरन्तरता दिएको बताउनु भएको छ । नेता गुरुङले पार्टी र देशकै अभिभावक भएकोले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई नै पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताउनु भएको हो । उहाँले पार्टीमा अन्य पदाधिकारीहरु कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरुलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताउनु भयो ।

बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नेता गुरुङले आउँदो पुस २५ गते बस्ने पार्टी कमिटीको बैठकले पदाधिकारीहरुको बारेमा टुंगो लगाउने पनि जानकारी दिनुभयो । उहाँले पदाधिकारी चयनको विषयमा केही गृहकार्य बाँकी रहेकोले सबैको राय, परामर्श, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताउनु भयो ।

नेता गुरुङले वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर) को महासचिवमा दाबेदारी आइरहेकोले सहमतिमा लैजाने प्रयास भइरहेको बताउनु भयो । उहाँले सहमतिमा जान नसकेमा वरिष्ठ नेताहरुबाट सहमतिमा जाने कुरा चलेकोले महासचिवमा आफ्नो नाममा प्रश्ताव आएको पनि बताउनु भयो ।

नेता गुरुङले आफूले हालसम्म पार्टीका कुनै पदमा दाबी नगरेको भन्दै सहमति मिलाउन महासचिव बन्ने प्रस्ताव आए अस्वीकार नगर्ने र तोकिएको जिम्मेवारी पूरा गर्न तयार रहेको स्पष्ट पार्नुभयो । नेता गुरुङले पार्टीका पदाधिकारीका लागि निर्वाचन गरिनु नहुने भन्दै पदाधिकारीहरु सहमतिमै चयन गर्न आग्रह गर्नुभयो । उहाँले पदाधिकारीका लागि गरिएको निर्वाचनले क्षणिक समय लाभ मिले पनि अन्ततः पार्टी विघटनको स्थितीमा पुग्ने दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार