कांग्रेसको १४ औं महाधिवेशन : उपसभापति पदको मतगणना सुरु

  नेपालन्यूजसाईट समाचारदाता

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना सुरु भएको छ । आज साँझ ६ बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएकाे छ ।

दुईजना उपसभापति पदका लागि सातजना प्रतिष्पर्धामा छन् । सभापति शेरबहादुर देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, डाक्टर शेखर कोइराला प्यानलबाट डा.चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला मुख्य प्रतिस्पर्धी छन् ।

यस्तै महेश आचार्य र दिव्यश्वरी शाह पनि उपसभापति पदको प्रतिष्पर्धामा रहनुभएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार