सोलखुुम्बुका १५ जना माओवादी केन्द्र प्रदेश कमिटीमा चयन (नामसहित)

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्यमा सोलुखुम्बुका १५ जना निर्वाचित भएका छन् । विराटचोकमा जारी पहिलो प्रदेश सम्मेलनमा जिल्लाका अगुवा नेताहरु प्रदेश कमिटी सदस्यमा निर्वाचित हुनुभएको हो ।

निर्वाचित हुनेहरुमा थुलुङदुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती, जिल्ला कार्यालय सदस्य हिमाल गिरी रहनुभएको छ ।

यस्तै निमातेण्डुप शेर्पा, गौरब राई, नाम्गेल शेर्पा, ठमनाथ पराजुली (ध्रुब) प्रलाद राई (प्रज्वल), रिमा कुलुङ, मेनुका पुरी, सुनिता राई, अम्रिता राई, अनिस राई, जनऋषि राई र गोबिन्दकुमार विश्वकर्मा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यसैबीच, केन्द्रीय महादिवेशन प्रतिनिधीमा ७ जना निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमा पार्टीका जिल्ला समन्वय समिति अध्यक्ष गोम्बु शेर्पा (कज्र्याङ), करुणा ढुंगेल (बस्नेत), डम्बरबहादुर बस्नेत, महेन्द्रबहादुर राई, गोबिन्दकुमार विश्वकर्मा, सरिता मगर शेर्पा र पासाङ शेर्पा (कर्मा) रहनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार