सोलुखुम्बु : नेकपा (माओवादी केन्द्र) थुलुङ दुधकोशी गाउँपालिका समितिको अध्यक्षमा घनश्याम नेपाली चयन हुनुभएको छ । पार्टीको प्रथम ऐतिहासिक गाउँपालिका सम्मेलनबाट अध्यक्षमा घनश्याम नेपाली र सचीवमा रामकिरण राई सर्वसम्मत चयन हुनुभएको माओवादीले केन्द्रले जनाएको छ ।
५५ सदस्य गाउँपालिका समितिको उपाध्यक्षहरुमा रामसंर्घष किराती, बुद्धिराज राई र टेक बहादुर बस्नेत, सचिवमा रामकिरण राई, सह–सचिवमा टिका खत्री केसी र कोषअध्यक्षमा ललित बहादुर राई चयन हुनुभएको नवनिर्वाचित सचिव रामकिरण राईले जानकारी दिनुभयो ।
गाउँपालिका मुक्लीको सभाहलमा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका इन्चार्ज तथा जिल्लाका संघीय सांसद हेम कुमार राई ‘सुरवीर’, पार्टीका जिल्ला समन्वय समिति अध्यक्ष गोम्बु शेर्पा ‘कर्ज्याङ’, सचिव तथा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, जिल्ला कार्यालय सदस्य हिमाल गिरीसहित अन्य नेता तथा सयौं कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।