थुलुङदुधकोशी- २ को वडा सम्मेलनबाट माओवादी अध्यक्षमा शम्बु बस्नेत निर्वाचित

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर-२ मा नेकपा माओवादी (केन्द्र)को वडा सम्मेलन सम्पन्न भएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सोलुखुम्बुका संघीय साम्सद हेमकुमार राई(शुरवीर)को प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र समन्वय समिति  सोलुखुम्बुका सचिव समेत रहनुभएका सोही गाउँपालिका प्रमुख  असिम राईको विशेष उपस्थितिमा उक्त सम्मेलन सम्पन्न भएको हो ।

शुक्रबार सम्पन्न उक्त सम्मेलनले शम्भु बस्नेतको अध्यक्षतामा २९ सदस्य वडा कमिटी गठन गरेको पार्टीका पालिका अध्यक्ष राम संघर्ष किरातीले जानकारी दिनुभयो । यस्तै कमिटीको उपाध्यक्षमा पर्शुराम राई, सचिवमा रमेश रोका,  सहसचिवमा  पुर्ण बहादुर बस्नेत र कोषाअध्यक्षमा  टिका केसी चयन हुनुभएको छ ।                                                                               

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका समन्वय समिति सचिव एवम् पालिका अध्यक्ष असिम राईले थुलुङ दुधकोशी गाउँपालिकामा सुरुभएको सम्वृद्वीको आधार पूरा गर्नको लागि अबको स्थानीय तहको निर्वाचनमा नौ वटै वडामा माओवादी जित्नुको विकल्प नभएको बताउनु भयो । जिल्लामा १० हजार बढीले माओवादी पार्टीको सदस्यता नविकरण सङ्गै नयाँ फारम भरेको बताउदै जिल्लामा पहिलो पार्टी बनाउने दावी गर्नुभयो । माओवादी पार्टी सङ्ग भिजन, विचार सङ्गै योजना र कार्यन्वयन गर्ने क्षमता समेत भएकाले नागरिकको आकर्षण बढेको उहाँको भनाइ छ ।                                                                                           

यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् संघीय साम्सद हेमकुमार राई (शुरवीर)ले बिगतमा भएका परिवर्तन र आफू निर्वाचित भएपछिको विकासलाई तुलना गर्न आग्रह गर्दै मतदाताको सिर उच्च हुनेगरि काम गरेको दावी गर्नुभयो । ग्रामीण विद्वुुतिकरण देखि विभिन्न मोटरेवल पुल, सडक निर्माण लगायतको क्षेत्रमा भएका काम आफ्नै पहलमा भएको समेत उहाँले स्मरण गराउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार