काठमाडौ : पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पाले नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि केन्द्रीय सदस्यमा उमेदवारी घोषण गरेको छ । संविधान सभाको सदस्य समेत रहनु भएका शेर्पाले सिङ्गो आदिवासी समुदयको प्रतिनिधित्व गर्दै आफ्नो उमेदवारी घोषण गरेको हो ।
मन्त्री शेर्पा भोजपुर जिल्लाको प्रभावशाली र जनप्रेमी नेताकोे रुपमा परिचित छन् । यस अघि संघीय संसदमा भोजपुर जिल्लाबाट अत्यधिक बहुमतले निर्वाचित शेर्पा पार्टी निर्माण, संगठन विस्तार र बामपन्थी आन्दोलनमा निरन्तर देखिने नेता हो । विगत लामो समय देखि बामपन्थी आन्दोलनमा सहभागी हुदै देश र जनताको निम्ति आफ्नो जिवन समर्पण गरेर राजनिति यात्रा शुरु गरेको शेर्पा नेकपा एमालेको १ नं. प्रदेश कमिटि सदस्य तथा जनवर्गीय संगठन आदिवासी जनजाति महासंघ नेपालका वरीष्ठ उपाध्यक्ष समेत हुन् ।
विभिन्न संघसंस्थामा आबद्ध रहेकोे शेर्पा सामाजिक अभियानमा समेत सक्रिय छन् । नेपालको संविधान निर्माणमा महत्वपूर्ण योगदान पु-यएको शेर्पाले संस्कृति पर्यटन तथा नागारिक उड्डयन मन्त्री हुँदा राम्रो छवी बनाएको शेर्पा आदिवासी जनजाति समुदायमा लोकप्रिय छन् । नेपालको शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा समेत योगदान दिनु भएको शेर्पाले गृह जिल्ला भोजपुरमा विद्यालय निर्माणमा सहयोग गरेर शिक्षा क्षेत्रमा सकरात्मक योगदान दिनु भएको छ ।