साेलुखुम्बुकाे अधुरा याेजना चाडै सम्पन्न हुन्छ : अर्थमन्त्री आङ्बो

  भाेजराज कार्की

सोलुखुम्बु : प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोले विभिन्न कारणले रोकिएका योजनाहरु धमाधम सुरु भएर चाडै सम्पन्न हुने बताउँनुभयो । स्टार युथक्लवको स्थापना दिवसको अवसरमा आयोजित प्रदेश १ महिला तथा सोलुखुम्बु जिल्ला स्थानीय तह समान राशी पुरुष भलिबल खेलको उद्घाटन गर्न यहाँ आउनुभएका मन्त्री आङ्बोले सञ्चारकर्मीसंग कुराकानी गर्दै यस्तो बताउँनुभएको हो ।

सोलुखुम्बु जिल्ला सहित प्रदेश १ भित्र सञ्चालन भएका बिकासे योजनाहरु सरकार परिवर्तन हुँदा लथालिङ्ग बनेको भन्दै मन्त्री आङ्बोले बजेट अभाव हुँदा रोकिएका योजना चाडै पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो । सोलुखुम्बु पर्यटकिय जिल्ला भएकाले पनि प्रदेश सरकारमार्फत गौरवको आयोजना सञ्चालन भएको भएपनि समयमानै सम्पन्न नहुनु दुखद भएको भन्दै उहाँले सबैपक्षसंगको छलफलपछि तत्काल निकास निकालिने बताउँनुभयो ।

सगरमाथा क्षेत्रलाई सिधा सडक सञ्चालन गर्नको लागि प्रदेश सरकारले ठुलो रकम बिनियोजना गरि काम गर्ने भनेको भएपनि राजनीतिक अस्थीरताको कारण रोकिएको उहाँको भनाई छ । पर्यटन प्रवद्र्धनको निम्ती प्रदेश सरकार गम्भिर हुनुपर्ने भएपनि अघिल्लो सरकार त्यसमा चुकेको आरोप लगाउँदै मन्त्री आङ्बोले आफु पनः अर्थ मन्त्री भएको स्मरण गराउँदै बिकासले गति लिने बताउँनुभयो ।

यो सरकारले नयाँ योजना तथा कार्यक्रम निर्माण गर्न नसक्ने भएपनि अघिल्ला सरकारले गरेको राम्रा कामलाई निरन्तरता दिदै आअधिवक निर्वाचन सम्पन्न गर्ने बताउँनुभयो । समय र परिस्थीति अनुसार गठबन्धनको सरकार बनेको भन्दै उहाँले यो गठबन्धन आगामी निर्वाचन सम्म रहने र काम गर्नेमा ढुक्क हुन आग्रह गर्नुभयो ।

प्रदेश नं.१ को नामकरण नहुँनुमा तत्कालिन प्रदेशका मुख्य मन्त्रीको निर्णय गर्न सक्ने क्षमता कम हुनुका साथै पार्टीका अध्यक्षबाट ठाडो हस्तक्षेप रहेको आरोप लगाउँनुभयो । अब हिउँदे अधिवेशनमा पहिचानलाई समेत आत्मसाथ गर्दै सर्वमान्य नाम दिन यो सरकार सफल हुने गरि काम गरिरहेको बताउँनुभयो । त्यसको लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

“प्रदेशको नामङ्कन समेत नगरिकन पुनः अर्को चुनावमा गएको खण्डमा जनाताले कार्वही गर्छन् ।” मन्त्री आङ्बोले भन्नुभयो, “त्यो कार्वाही कुनै एक दल र संसदलाई मात्र नभई हामी सबैलाई हुन्छ, त्यसैले यसमा सबैको सहयोगी भुमिका आवश्यक छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार