स्टार युथ क्लवद्धारा  आयोजित भलिबल प्रतियोगिताको दोस्रो दिन ६ खेल सम्पन्न

  नेपालन्यूजसाईट समाचारदाता

साेलुखुम्बु : स्टार युथ क्लवको स्थापना दिवसको अवसरमा आयोजित प्रदेश नं. १ महिला तथा सोलुखुम्बु जिल्ला स्थानीय तह समान राशी भलिबल प्रतियोगिताको आज दोस्रो दिन ६ खेल सम्पन्न भएको छ । लिग चरणमा आज दोस्रो दिन पुरुष तर्फ ६ वटा खेल सम्पन्न भएको स्टार युथ क्लवका अध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिनुभयो ।

सोलुदुधकुण्ड नगरपालिका १० र नेचासल्यान गाउँपालिका बीच आज भएको पहिलो खेलमा २७–२५, १८–२५ र १९–२५ अंक सहित नेचासल्यान बिजयी भएको छ भने थुलुङ दुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिका ५ बीच भएको अर्को खेलमा १८–२५, २५–२२ र २५–१९ अंक सहित थुलुङ दुधकोशी गाउँपालिका बिजयी भएको राष्ट्रिय रेफ्रि बिकास गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार माप्यदुधकोशी गाउँपलिका निलो र कालिका देवी युव क्लव गार्मा बीच भएको खेलमा २५–२१, २०–२५ र २३–२५ अंक सहित कालिका देवी युवा क्लव बिजयी भएको छ । यस्तै माप्यदुधकोशी गाउँपालिका रातो र निश्चल निशानी निर्माण सेवा बीच भएको भएको अर्को खेलमा २२–२५, २५–१८ र २१–२५ अंक सहित निश्चल निशानी निर्माण सेवा सोताङ बिजयी भएको भने सोलुदुधकुण्ड नगरपालिका–६ र लिखुपिके गाउँपालिका बीच भएको खेलमा २५–२७, २७–२५ र २३–२५ अंक सहित लिखुपिके गाउँपलिका बिजयी भएको छ ।

यस्तै थुलुङ दुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिका–८ बीच आजै सम्पन्न अन्तिम खेलमा २५–१५, १७–२५ र २५–२३ अंक सहित थुलुङ दुधकोशी बिजयी बनेको भलिबलका राष्ट्रिय रेफ्रि बिकास गुरुङले जानकारी दिनुभयो ।

भोलि बिहान ८ बजे दाक्सु मिडिया प्रालि र माप्यदुधकोशी निलो समुह बीच पहिलो खेल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार