साेलुखुम्बु : वाइसिएल नेपाल नेचासल्यान गाउँपालिका अध्यक्ष सुजन राईले अस्वस्थ राजनीति गरेर युवालाई भ्रममा घेराभित्र राख्ने प्रयास नगर्न चेतावनी दिनुभएकाे छ । वाइसिएल नेपाल नेचासल्यान गाउँपालिका-५ काे वडा सम्मेलनमा बाेल्दै उहाँले कांग्रेस, एमालेका नेताहरुले गणतन्त्र, संघीय शासन प्रणाली सहितकाे जनमुखि एजेण्डा संस्थागत गर्नकाे लागि काम गरिरहेकाे माओवादी केन्द्रलाई नजिस्क्याउन उहाँले आग्रह समेत गर्नुभयाे ।
आम युवाहरुकाे चाहना र देशकाे आवश्यकतालाई मध्यनजर राख्दै काम गरिरहेकाे माओवादी नेता कार्यकर्तालाई कम्जाेर नठान्न आग्रह गर्दै विकास निर्माणमा युवा सहभागिता शुनिश्चितता गर्नुपर्नेमा जाेड दिनुभयाे । उक्त सम्मेलनले नरेश राईकाे संयाेजकत्वमा २७ सदस्य वाइसिएल नेपाल नेचा सल्यान-५ वडा कमिटी गठन गरेकाे छ ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा नेचासल्यान गाँउपालिका अध्यक्ष सिताराम भट्टराई, प्रदेश कमिटी सल्लाहकार लक्ष्मी बाँस्ताेला , जिल्ला समन्वय समिति सदस्य भुपेन्द्र कटेल, सुवास राई, सविना राई , तिलक राई, मदन राई , विधार्थी नेता कुमार कटेल लगायतकाे उपस्थिति रहेकाे वाइसिएल नेपाल साेलुखुम्बुले जनाएकाे छ ।