नेपाल–भारत सम्बन्धलाई बलियो बनाउन कलाकारहरुको भुमिका महत्वपुर्ण छ : वरिष्ठ नेता महतो

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाल–भारत सम्बन्धलाई बलियो बनाउनको लागि कलाकारहरुको भुमिका महत्वपुर्ण रहेको बताउनुभएको छ ।

अयोध्यामा हुने अन्तर्राष्ट्रिय स्तरको सांस्कृतिक कार्यक्रममा सहभागिताको लागि जनकपुरको मिथिला नाट्य कला परिषद्का कलाकारहरुको विदाई कार्यक्रममा बोल्दै महतोले सो कुरा बताउनुभएको हो । उहाँले नेपाल भारतबिचको संस्कृतिले सम्बन्धलाई बलियो बनाउने काम गरेको पनि उल्लेख गर्नुभयो ।

राम र सीता बिचको सम्बन्ध रामायणकालिन भएकै कारणले आफुहरुले नेपाल–भारत सम्बन्धलाई बेटीरोटीको सम्बन्ध बताउँदै आएको उहाँले बताउनुभयो । वरिष्ठ नेता महतोले सीता बिना सम्पुर्ण रामायण नै अपुरो रहेको भन्दै रामायणले नेपाल–भारतको सम्बन्धलाई जोड्नमा सेतुको काम गरेको बताउनुभयो ।

उहाँले मिथिलाको कला क्षेत्र पौराणिक काल देखि नै उन्नत रहेको बताउँदै यसको विकासमा आफनो तर्फबाट हुने सबै प्रकारको सहयोग गर्ने बताउनुभयो । मिथिला नाट्य कला परिषद्ले मिथिला संस्कृति र यसको विकासको लागि खेलिरहेको भुमिका महत्वपुर्ण रहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार