काठमाडौं : ताजिकिस्तानमा जारी एएफसी अन्डर–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । खेल साँझ पौने ५ बजे सुरु हुने छ ।
नेपाल र लेबनानका आजको खेल प्रतिष्ठाको लागि मात्र हुने छ । दुबै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् । दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद अन्त्य गर्न चाहन्छन् । छनोटको समूह बी मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो । अंक जोड्न नसकेको नेपाल समूहको पुछारमा रहेको छ ।
लेबनान पनि अंक विहीन रहेको छ । लेबनान तेस्रो स्थानमा रहेको छ । यस समूहमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ ।