साेलुखु्म्बुकाे ६ स्थानीय तहमा एमालेकाे नेतृत्व सर्वसम्मत

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : नेकपा एमाले साेलुखुम्बुकाे ६ स्थानीय तहकाे अधिवेशन सम्पन्न भएकाे छ । पाँच स्थानीय तहकाे म‌ंगलबार भएकाे थियाे भने बुधबार थुलुङदुधकाेशीकाे अधिवेशन सम्पन्न भएकाे एमाले साेलुखुम्बुले जनाएकाे छ ।

अब नेचासल्यान र माप्यदुधकाेशीकाे अधिवेशन हुन बाँकी रहेकाे जिल्ला अध्यक्षा डुफ कुमार बास्ताेलाले जानकारी दिनुभयाे । उहाँका अनुसार कात्तिक १५ गते नेचासल्यानको अधिबेशन हुने छ भने माप्यदुधकोशीको मिति तय हुन बाँकी छ ।

बुधबार थुलुङ दुधकाेशीमा सम्पन्न नेकपा एमालेकाे पहिलाे अधिवेशनबाट अध्यक्षमा उदय नारायण बस्नेत सर्वसम्मत चयन हुनुभएको छ । बुधबार गाउँपालिका केन्द्र मुक्लीमा सम्पन्न अधिवेशनबाट गाउँकमिटीकाे उपाध्यक्षमा पार्वती राई, सचिवमा रामचन्द्र कार्की, उपसचिवमा दावा तामाङ र सिम्सन राई सर्वसम्मत चयन हुनुभएकाे छ ।

कुन पालिकाकाे अध्यक्षामा काे ?

जिल्लाकाे एकमात्र साेलुदुधकुण्ड नगरपालिकाकाे अध्यक्षमा मिङ्मार छिरिङ शेर्पा निर्वाचित हुनुभएकाे छ भने साेताङमा बीर बहादुर राई, महाकुलुङमा मछिन्द्र राई, लिखुपिकेमा हिक्मत बस्नेत र खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्षमा लाक्पा ग्याल्जेन शेर्पा सर्वसम्मत चयन हुनुभएकाे जिल्ला अध्यक्ष बास्ताेलाले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार