सोलुखुम्बु : नेकपा एमाले सोलुखुम्बुको ५ स्थानीय तहमा पहिलो पालिका अधिवेशन सम्पन्न भएको छ । ८ स्थानीय तह रहेको जिल्लामा पाँच वटा पालिकामा सर्वसम्मत कमिटी गठन गरिएको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ ।
जिल्ला अध्यक्ष डुफकुमार बास्तोलाका अनुसार सोलु दुधकुण्ड नगरपालिकामा मिङमारछिरी शेर्पा, सोताङ गाउँ पालिकामा बीरबहादुर राई, खुम्बूपासाङ्ल्वामु गाउपालिकामा लाक्पागेल्जेन शेर्पा, लिखुपिके गाउपालिकामा हिक्मत बस्नेत र माहाकुलुङ गाउपालिकामा मछिन्द्र राई अध्यक्षमा निर्वाचित हुनुभएको छ । आन्तरिक व्यवस्थापन नसकिएकाले मप्यदुध्कोशी गाउँपालिकामा अधिवेशनको मिति तय भएको छैन भने बुधबार थुलुङदुधकोशी र कात्तिक १५ गते नेचासल्यान गाउँपालीकामा अधिवेशन हुने बताइएको छ ।