सोताङका ७७ जना माओवादी केन्द्रमा प्रवेश, विकासको एजेन्डा बोकेको पार्टी रोजेको प्रतिक्रिया

सोलुखुम्बु : नेकपा माओवादी केन्द्र जिल्ला समन्वय सोलुखुम्बुका अध्यक्ष गोम्बु शेर्पा  कर्ज्याङले जनताको आशालाग्दो पार्टी माओवादी मात्रै भएको दावी गर्नुभयो । सोताङ गाउँपालिकामा शनिबार आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले माओवादीमा प्रवेश गर्नेहरुको संख्या अत्याधिक भएको बताउनुभयो ।                                                                                    प्रवेश गर्ने जनलहरले कुन पार्टी प्रति जनताको विश्वास छ भन्ने प्रष्ट भएको  भन्दै अध्यक्ष शेर्पाले जनचहाना अनुसारको विकासका लागि माओवादी केन्द्रको विकल्प नभएको बताउनु भयो ।                                                                                          यस्तै पार्टीका जिल्ला समन्वय सचीव असिम राइले माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले गरेको विकासका चरण र अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरेको विकासलाई तुलना गर्न आग्रह गर्नुभयो । छोटो समयमा दसकौ देखि हुन नसकेको विकासका कार्य भएको स्मरण गराउदै सचिव राइले अब सोलुखुम्बुको भविष्य निर्माणको जिम्मा माओवादीले लिने दावी गर्नुभयो । जिल्लामा एमाले पतन हुने अवस्थामा पुगेको र काङ्ग्रेस प्रती नागरिकको भरोसा टुटेको भन्दै सचिव राइले विकास निर्माणको एजेन्डा भएको माओवादी केन्द्रमा गोलबद्व हुन आग्रह गर्नुभयो ।                                                                                          सोताङको सिवटारमा सम्पन्न कार्यक्रममा नेपाली काङ्ग्रेस र एमाले परित्याग गरि ७५ जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन । उनिहरुलाइ पार्टीका जिल्ला समन्वय अध्यक्ष गोम्बु शेर्पा कर्ज्याङ र सचिव असिम राइले स्वागत गर्नुभयो । देसमा परिवर्तन गर्न सक्ने एजेन्डा भएको एक मात्र पार्टी माओवादी नै भएकाले प्रवेश गरेको उनिहरुको प्रतिक्रिया छ । अब स्थानीय तह देखि संघीय निर्वाचनमा माओवादी संभावना बढी भएको मात्र नभए विकासको खाका निर्माण गर्न सक्ने नेतृत्व भएकाले पार्टी प्रवेश गरेको उनिहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार