पाएनन् सांसदले यो वर्ष दशैं भत्ता

काठमाडौं : गत बर्ष दशैं भत्ता दिँदा विवाद भएको प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले यो वर्ष दशैं भत्ता पाएका छैनन । मंगलबार सांसदहरुको बैंक खातामा असोज महिनाको मात्र तलब र भत्ता गएको संघीय संसद सचिवालयले जनाएको छ । तर, दशैं भत्ता भने नपठाइएको सचिवालय जनाएको छ । बैठक भत्ता र यातायात खर्चबाहेक संघीय सांसदहरूले मासिक ६६ हजार ७० रुपैयाँ पाउँछन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जना सांसद छन भने राष्ट्रिय सभामा ५९ जना छन् । मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दशैंभत्ता नदिएको संसद सचिवालयका प्रमुख लेखा अधिकृत बसन्त सिग्देलले जानकारी दिनु भयो ।

संसद सचिवालयका अनुसार असोज महिनाको तलबबापत सांसदको खातामा मंगलबार २ करोड ९८ लाख ४६ हजार रुपैयाँ निकासा भएको छ भने सांसदका पीएका लागि १ करोड ४३ लाख ७४ हजार रुपैयाँ निकासा गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार