ताप्लेजुङ : नेपाली कांग्रेस ताप्लेजुङको १४ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट गजेन्द्र तुम्याहाङ जिल्ला सभापति पदमा निर्वाचित हुनुभएकाे छ । उहाँले ५ सय ८८ मत प्राप्त गरेर सभापति पदमा विजयी हुँदैगर्दा उहाँका निकटतम प्रतिद्वन्द्धि छबिलाल गुरुङले ४ सय ३० मत प्राप्त गर्नुभयाे ।
त्यसै गरि उपसभापतिमा ४ जना उमेदवारहरु मध्ये गणेश बहादुर लिम्बूले ५ सय ३३, डिल्लीरमण बरालले ५ सय २८ मत प्राप्त गरेर विजयी बन्नुभएकाे छ । उहाँहरुको प्रतिद्धन्द्धि चन्द्रमान खोयाहाङले ४ सय ३० र रविन्द्रकुमार वनेमले ३ सय ९५ मत प्राप्त गर्नुभएकाे थियाे ।
यस्तै सचिवमा डम्बर हाङ्गाम ५ सय ८९ र नन्दकुमार ओझाले ४ सय ४२ मत सहित विजयी हुनुभएकाे नेपाली कांग्रेस ताप्लेजुङले जनाएकाे छ ।
सहसचिवमा तेजकुमार सुनुवार ६ सय ३८, नन्दकुमार आङ्बुहाङ ले ४ सय ९४ मत सहित विजयी हुनुभएकाे छ। ३३ जना जिल्ला कमिटी सदस्यहरु मध्ये २२ जना सदस्यहरु निर्विराेध निर्वाचित भएका छन् । निर्वाचनकाे मत परिणाम आइतबार राति १०:३० मा आएकाे थियाे ।