काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताउनु भएको छ । पार्टीको विधान महाधिवेशन आइतबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले बहुमतमा पुर्याएर कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्याएर छोड्ने दाबी गर्नु भयो ।
पार्टीका अगुवा र प्रिय साथीका रुपमा आफूमाथि देखाएको विश्वासमा एक इन्च पनि तलमाथि हुन नदिने बताउनु भयो ।एमालेको सरकार ढाल्न जजसले भूमिका खेले, जसले एमालेलाई प्रतिपक्षमा पुर्यायो, ती सबै एमाले विरोधी भएको अध्यक्ष ओलीको धारणा छ ।