विधान महाधिवेशनमा अध्यक्ष अेालीद्वारा ४५ पृष्ठ लामाे प्रतिवेदन पेश

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्नुभएकाे छ । ललितपुरको गोदावरीमा शुरु भएको महाधिवेशनमा उहाँले ४५ पृष्ठ लामो प्रतिवेदन पेश गर्नुभएकाे हाे ।

प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरिरहनुभएका ओलीले आफूलाई रूघाखोकीका कारण समस्या भएको भन्दै प्रस्ताव पेस गर्ने जिम्मा नेता शंकर पोखरेललाई दिनुभएकाे थियाे ।

सम्बोधनका क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अदालतको आलोचना गर्नुभएकाे छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको प्रथम विधान महाधिवेशनमा सहभागी हुँदै । तस्वीर: चन्द्रकला क्षेत्री । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार