धितो रोक्का गरेको महिनाै बित्यो तर कर्जा प्रवाह भएन

सोलुखुम्बु : बैंकको कम्जोरीका कारण धितो रोक्का गरेको तीन महिना वितिसक्दा समेत कर्जा प्राप्त गर्न नसकेको सेवा ग्राहीले गुनासो गरेका छन् । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–५ मा सैलुन व्यवसायी गरि बसेका अशोक कुमार ठाकुर हजामले कृषि बिकास बैंक लि.बाट कर्जा लिनुको लागि बैशाख १२ गते धितोबापतको जग्गा रोक्का राखेको भएपनि आज सम्म कर्जा प्राप्त गर्न नसकेको गुनासो गर्नुभयो ।

आमा नाता पर्ने भगवतीपुर–६ सिरहा निवासी सिता देवी हजमनीको नाउँमा रहेको जग्गा धितो राखी रु.१८ लाख ३० हजार ६ सय कर्जा उपलब्ध गराउने सर्तमा कृषि बिकास बैंक सल्लेरी शाखाले फायल अगाडी बढाएको थियो । ०७७ फागुन २३ गते धितो मूल्याङ्कन गरि १ नं. प्रदेश कार्यालय विराटनगरलाई सल्लेरी शाखाले सिफारिस गरेको थियो ।

सोही फायलको आधारमा मालपोत कार्यालय सिरहामा बैशाख १२ गते धितो बापतको जग्गा रोक्का राखिएको छ । ०७८ बैशाख २३ गते कृषि बिकास बैंक लहानले सल्लेरी शाखालाई कर्जा उपलब्ध गराउनको लागि मिसिल पठाएको थियो । तर पनि यहाँको शाखाले कर्जा प्रवाह गर्न नमिल्ने भन्दै आलटाल गरेको सिता देवी हजमनीले बताउँनुभयो ।

अन्तरजिल्ला कर्जा प्रवाह नगर्न परिपत्र भएकाले समस्या भएको सल्लेरी शाखा प्रबन्धक घनश्याम श्रेष्ठले बताउँनुभयो । तर उहाँले उक्त पत्र भने उपलब्ध गराउन सक्नुभएन ।

तत्कालिन शाखा प्रबन्धक युवराज घिमिरेले लगानी गर्न मिल्ने भन्दै फायल अगाडी बढाएको भएपनि उहाँपछि सोलुखुम्बु आउनुभएका श्रेष्ठले उक्त कार्य अवैधानिक रहेको भन्दै सेवाग्राही ठग्ने काम भएको उपभोक्ताको आरोप छ । जग्गा रोक्का राखेपछि कर्जा उपलब्ध गराउन बाहेक अन्य कुनैपनि प्रक्रिया बाँकी रहदैन । तर यहाँ बैंकका कर्मचारीको ढिलासुस्ती संगै दुखः दिने नियतीका कारण समस्या भएको सेवा ग्राहीको भनाई छ ।

यता शाखा प्रबन्धक श्रेष्ठले तत्काल कर्जा उपलब्ध गराउने सवालमा क्षेत्रिय कार्यालयमा कुरा भईसकेकाले चाडै प्राप्त गर्ने बताउँनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार