काठमाडौं : सञ्चारकर्मी चुरामणि खनाल र मनु कुवाँरको लोक दोहोरी बोलको गीत “यो माया खत्रा” बजारमा आएको छ । सञ्चारकर्मी खनालको शब्द, संगित र खनालकै आवाज साथै मनु कुवाँरको आवाजमा तयार भएको लोक दोहोरी “यो माया खत्रा” गीत मंगलबार म्युजिक स्टार नेपाल कम्पनि मार्फत बजारमा आएको हो ।
रोईला पप टिपिकल रुपमा सार्वजनिक लोक दोहोरी गीतको भिडियोमा लोमस शर्मा र बबिता बोहराको मुख्य अभिनय देख्न सकिन्छ । गीतको भिडियो पर्यटकिय, धार्मिक तथा ऐतिहासिक स्थलमा तयार पारिएको छ ।
लुम्बिनि कपिलवस्तु लगायतका स्थानमा तयार परिएको गीतको एरेन्ज मिक्सिङ हेमन्त शिशिर र रेकर्डिस्टमा विरेन बिसिले साथ दिएका छन् । गीतको भिडियो निर्देशक निशान एस के साथै दृश्य सम्पादनमा प्रकाश धमला र क्यामरामा दिपक गिरि रहेका छन् ।
गीतले प्रेमको सन्देश साथै अहिलेको परिस्थितिमा विश्वसनिय प्रेमको विषयलाई उठान गरेको छ । मनोरन्जनात्मक अर्थात टिपिकल रुपमा गीत तयार पारिएको हो ।
सर्जकले आगामी दिनमा आफ्ना नयाँ नयाँ सृजना बजारमा ल्याउँदै जाने बताएका छन् । खनालको यो भन्दा पहिला पनि राष्ट्रिय गीत नबिर्सौ विरताको गाथा सार्वजनिक भैसकेको छ ।







