काठमाडौं : बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार करिब १ ः ४५ मा उहाँको न्यूरो अस्पतालमा उनको निधन भएको हो ।
विहान अचानक अस्वस्थ भएपछि उहाँलाई काठमाडौंको सुन्धारास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा ८३ बर्षिय प्रधानको निधन भएको अस्पताल स्रोतले जनाएको छ।
यसअघि उहाँलाइृ कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार आएपछि केहि दिन अघि मात्रै उहाँ डिस्चार्ज हुनुभएको थियो । उहाँले ‘घुम्तीमा नआउ हैु, ुपर लैजाउ फूलहरूु, ुगोरेटो त्यो गाउँकोु, ुनमान लाज यसरीु लगायतका दर्जनौं कालजयी गीत गाउनु भएको छ ।
विसं,१९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उहाँको घरमै सांगीतिक माहोल थियो । उहाँको जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे ।







