काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । यस्तै एन्टोनियो ग्रीजम्यान र ओस्कार मिन्ग्गुएजाले एक–एक गोल गरे ।
हुयस्काका राफा मिरले एक गोल फर्काएका थिए । यस खेलसँगै मेस्सीले बार्सिलोनाका लागि ७ सय ६७ औं खेलको कोशेढुंगा पूरा गरे । मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी समेत गरेका छन् ।