काठमाडौं : बायर्न म्युनिख फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । रोवर्ट लेवाण्डोस्कीको २ गोलमा अफ्रिकी च्याम्पियन अल अलीलाई २–० गोल अन्तरले पराजित गर्दै म्युनिक फाइनलमा पुगेको हो ।
कतारमा भएको खेलमा जर्मन च्याम्पियन म्युनिखले पहिलो हाफ पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राखेको थियो । लेवाण्डोस्कीले १७ औं मिनेटमै गोल गरी टिमलाई अग्रता दिलाएका थिए । इजिप्टको अल अली दोस्रो हाफमा उत्कृष्ट देखिएको थियो । उनीहरुको तीव्रता र काउन्टर एट्याकको प्रयास बायर्नका लागि चुनौति बनिसकेको थियो ।
तर लेवाण्डोस्कीले ८५ औं मिनेटमा हेडिङ गोलमार्फत बायर्नको जित निश्चित गरे । जारी सिजन लेवाण्डोस्कीको यो २७ खेलमा २९ औं गोल हो । बायर्नले उपाधिका लागि कनकाफ च्याम्पियन मेक्सिकन क्लब टाइगर्ससँग विहीबार प्रतिस्पर्धा गर्नेछ ।