काठमाडौं : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि आज प्रतिस्पर्धा हुँदै छ ।
दुवै विभागीय टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले केहीबेरमा सुरु हुनेछ । आर्मी लगातार चौथोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो । दुवै टोली एक–अर्कालाई पराजित गर्दै चौथो संस्करणको उपाधि जित्ने लक्ष्यमा रहेका छन् । उपाधि विजेताले १० लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।