चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

काठमाडौं : प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका चार पूर्वप्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । बुधबार सर्वाेच्च अदालत खुलेसँगै अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले आज छुट्टाछुट्टै निवेदन दर्ता गराएका हुन् ।

उनीहरूले निवेदनमा अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्व प्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गरेका छन् ।  पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पुस २४ गते प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

यसअघि मंगलबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्धसमेत सर्वोच्चमा अवहेलना दर्ता भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार