कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चको आदेश

काठमाडौं :कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ । योसँगै नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ ।

न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले नयाँ पाठयक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरिदिएपछि नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो । अब कक्षा ११ र १२ मा ७ विषय पढाइ हुने भएका छन् ।

हालसम्म ५ वटा विषय मात्रै पढाइ हुँदै आएको थियो । नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै भागवत अर्याललगायत सातजनाले पाठ्यक्रम विकास केन्द्र भक्तपुरलगायतलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार