काठमाडौँ : न्यायाधीश हरिकृष्ण कार्कीले संवैधानिक इजलासमा नबस्ने भएका छन् । इजलासमा कार्कीका विषयमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रश्न उठाएपछि इजलासमा नबस्ने घोषणा गरेका हुन् । कार्की, केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने उनीहरुको भनाइ थियो ।
वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशलाई प्रश्न गरेका थिए, ‘रोष्टरमा १४ जना न्यायाधीश छन् । न्यायाधीश अभाव नहुँदा पनि महान्याधिवक्ता भइसकको मान्छेलाई नै किन छान्नुभयो र ’यसले राम्रो सन्देश नगएको भन्दै उनले भने, मलाई आपत्ति छैन, तर पब्लिकले प्रश्न उठाइरहेका छन् । फेयर गर्छु भनेर मात्र भएन, गरेर देखिनुपर्यो, पब्लिकलाई लाग्नुपर्यो ।
थापाले केपी ओली प्रधानमन्त्री हुँदा कार्की महान्यायाधिक्ता रहिसकेको भन्दै उनैविरुद्धको मुद्दामा स्वार्थ बाझिने भन्दै प्रश्न उठाएका थिए । कार्कीका बारेमा प्रश्न उठेको भन्दै उनले इजलासले निकास दिने पनि बताए । थापाले प्रधानन्यायाधीश राणालाई नियुक्त गर्नु र सल्लाहकार बस्नुमा फरक रहेको जवाफ दिएका थिए । अर्को सुनुवाइ बुधबार सम्मका लागि सरेको छ ।