काठमाडौं: इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले आर्सनललाई पराजित गरेको छ । गएराति भएको खेलमा टोटेनहमले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सन र ह्यारी केनले एक–एक गोल गरे । टोटेनहमले दुबै गोल पहिलो हाफमा गरेको थियो ।
जितसँगै टोटेनहम तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले ११ खेलमा २४ अंक जोडेको छ । आर्सनल १४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।