एजेन्सी :विश्वकपको एसियाली छनोट खेल अन्तर्गत कतारले बंगलादेशमाथि फराकिलो जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा कतारले बंगलादेशलाई ५–० गोल अन्तरले पराजित गरेको हो । कतारका जिमा अक्रम अफिफ र अलमोज अलीले दुई–दुई तथा अब्दुलाजीज हेटमले एक गोल गरे ।
विश्वकप छनोटको समूह इको दोस्रो चरणमा शीर्ष स्थानको कतारले ६ खेलबाट १६ अंक बटुलेको छ । ओमान १२ अंक सहित दोस्रो, अफगानिस्तान ४ अंक सहित तेस्रो, भारत ३ अंक सहित चौथो र बंगलादेश १ अंकसहित पाँचौ स्थानमा रहेका छन् । सन् २०२२ को विश्वकप फुटबलको आयोजना कतारले गर्दैछ ।