सोलुखुम्बु : यता थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखीम नवजातशिशुको बेवारिसे शब भेटिएको छ । सालनाल सहित कुहिसकेको अवस्थामा नवजात शिसु छोरीको शब भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।
लोखीमको सार्कु खोलाको छागाँमा माछा मार्न गएका स्थानीयले शनिबार दिउँसो शिशुको शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । नवजात शिशुको शबलाई पोष्ट माटमको लागि जिल्ला अस्पताल फाप्लु ल्याएको सोलुखुम्बु प्रहरीले जनाएको छ । घटनाको बिषयमा अनुशन्धान भईरहेको बताइएको छ ।