पत्रकार अनुजले सार्वजनिक रुपमा किन माफि मागे ?

सोलुखुम्बु : विगत लामो समयदेखि आफूले गर्दै आएको विभिन्न गलत कार्यका लागि पत्रकारको रुपमा परिचित अनुज खड्का भनिने बिजयराज छिनालले सार्वजनिक रुपमा माफि मागेका छन् । आफूले विभिन्न समयमा अफवाह फैलने र बिना प्रमाणका विभिन्न सामग्री सम्प्रेशन गरेको भन्दै आम माफि मागेका हुन् ।

केही वर्षयता सोलुखुम्बुमा रहेर संचार क्षेत्रमा उपस्थिति जनाइरहेका खड्काले पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा), सोलुखुम्बुको जिल्ला कमिटीको बैठक चलिरहँदा आफ्नो फेसबुक अकाउन्टबाट ‘नेकपाको जिल्ला कमिटी सदस्य १ लाखमा बिक्री भएको’ टिप्पणी गर्नुभएको थियो ।

उहाँले लेख्नुभएको थियो– ‘नेकपा सोलुखुम्बुको जिल्ला कमिटी सदस्य १ लाखमा बिक्री हुन्छ भन्ने सुनियो त ? म पनि १ लाख दिन्छु जिल्ला कमिटीमा छिराउनुप¥यो ।’ खड्काको यस्तो टिप्पणी आएलगत्तै नेकपाका कार्यकर्ताहरुले यसबारे छानबीन गरेका थिए ।

तर छानबीनका क्रममा खड्काले आफूसँग कुनै प्रमाण नभएको र मादक पदार्थ सेवन गरेको समयमा लेखेको बताएपछि मौखिक उजुरीको आधारमा उनलाई प्रहरी कार्यालय, सोलुखुम्बुले असोज २० गते दिउँसो नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुमा असोज २१ गते दुवै पक्षबीच भएको छलफलको क्रममा पीडित पक्षसँग क्षमा माग्दै आफूलाई पटक पटक सचेत गराएको भए पनि आफूले सुध्रन नसक्दा प्रहरीको नियन्त्रणमा पुग्नु परेको उहाँले स्वीकार गर्नुभयो । छलफलमा उहाँले भन्नुभयो ‘मैले विगतमा पनि धेरै गल्ति गरेको छु । आगामी दिनमा म यस्तो गल्ति गर्ने छैन’ । लगत्तै उहाँले आफ्नो फेसबुक अकाउन्टमार्फत पनि माफी माग्नुभएको छ ।

उहाँले लेख्नुभएको थियो– ‘नमस्कार ! म अनुज खड्का । पेशाले एक पत्रकार । तर केही दिनअघि मैले मेरो व्यक्तिगत फेसबुक एकाउन्टबाट सार्वजनिक गरेको आधारहीन सामग्रीले धेरै मानिसको राजनीतिक जीवनमा क्षति पुगेको र उहाँहरुको समाजप्रतिको योगदानलाई अवमूल्यन गरेको ठहर भएकाले म सार्वजनिक रुपमा नै क्षमा चाहन्छु । …मैले सीमा नाघेर लेख्न पुगेछु । …यस्ता गल्ती कहिल्यै नदोहो¥याउने प्रण गर्दछु ।’ खड्काको आचरणको सवालमा धेरैको टिकाटिप्पनी गर्ने गरेको प्रहरीको भनाई छ ।

पत्रकारको खोल ओढेर विभिन्न माध्यमबाट निराधार सामग्री प्रकाशन तथा प्रसारण गर्ने पत्रकारहरुलाई पत्रकारहरुकै संगठनले बचाउ गर्ने वातावरण नभएकोप्रति नेपाल पत्रकार महासंघ, सोलुखुम्बुका उपाध्यक्ष तथा प्रेस संगठन नेपाल, सोलुखुम्बुका संयोजक भोजराज कार्कीले दुःख व्यक्त गर्नुभयो ।

‘पत्रकार आचारसंहिता विपरित काम गर्ने जोकोही पत्रकारहरुलाई अब पत्रकारहरुकै संगठनले कानुनको दायरामा ल्याउनु पर्ने परिस्थिति सिर्जना भएको छ ।”सोलु एफ.एम.का स्टेशन म्यानेजरसमेत रहनुभएका कार्कीले भन्नुभयो, “पत्रकारको नाममा भएका गलत कामले सच्चा पत्रकारीता गर्नेको नैतीकतामा समेत प्रश्न चिन्ह खडा भएकाले सामाजिक दायित्वको उछितो काड्दै अराजक गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याउनका लागि कुनै पनि कसुर बाँकी राखिने छैन ।’

गोरखा जिल्ला घर भई सोलुखुम्बुबाट संचार कर्म गरिरहेका खड्का भूमे अनलाइन डट कमका प्रवन्ध निर्देशक पदमा कार्यरत छन् । भुमे समाचार डट कम नामक अनलाइनमा आवद्ध खड्काले बेलाबखत आफूले लेखेको कुराले समाजमा कस्तो प्रभाव पर्छ वा व्यक्तिको चरित्रमाथि के असर पुग्छ ?भन्ने ख्याल नगरेको हुँदा माफि माग्नुपरेको बताउँनुभयो ।

सामाजिक संजालहरु फेसबुक, युट्युब, ट्विटरजस्ता माध्यमहरु संचारको परिभाषाभित्र नपर्ने भएको हुँदा यस्ता संजालहरुमार्फत सम्पे्रषित सामग्रीमाथि पीडित पक्षले उजुरी दिएको खण्डमा साइबर क्राइमअन्तर्गत मुद्दा चल्ने गर्दछ । यद्यपि दर्ता भएका र सूचिकरणमा परेका संचारगृहहरुको आधिकारिक फेकसबुक अकाउन्ट, युट्युब च्यानलजस्ता माध्यममा प्रकाशित÷प्रसारित सामग्रीमाथि प्रेस काउन्सिल नेपालले स्वनियमन भने गर्दै आएको छ । तर यो बाध्यकारी होइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार