पर्यटन मजदुरको आन्दोलनमा संस्थागत सहकार्यको अभाव

  सोनाम याङजी शेर्पा

काठमाण्डौँ : चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोना भाईरसबाट नेपालको पर्यटन क्षेत्रमा समेत प्रत्यक्ष रुपमा ठूलो प्रभाव पारेको छ । कोरोना भाइरसलाई चीनले तत्काल नियन्त्रण गर्न सफल भएपनि पछिल्लो समय यूरोप लगायत अन्य विकसित देशमा भने यसको नियन्त्रणमा हम्यहम्य परिरहेको छ । त्यसगरीे नेपालमा कोरोना भाईरस नियन्त्रणकै लागि सरकारले बन्दाबन्दी घोषणा गरेको थियो ।

बन्दाबन्दीले कारण नेपालको पर्यटन क्षेत्र लागायत विभिन्न क्षेत्रमा नकारात्मक असर परेको छ । सरकारले तत्काल अन्तराष्ट्रिय उडान बन्दा गरेका कारण नेपालमा पर्यटकहरुको आवत जावतमा ठप्प भएको थियो । नेपाल सरकारले बन्दाबन्दीलाई केही समय यता देखि खुकुल्लो गरे सँगै अन्तराष्ट्रिय हवाई उडान सुचारु गरेको छ ।

तथापि हालसम्प पनि विदेशी पर्यटकहरुको आवात जावतमा ठोस निर्णय भने लिन सकेको छैन । नेपालमा भर्मण गर्न आउने विदेशी पर्यटकहरुको लागि सरकारले केही नियम बनाएता पनि यो नियमले सोचे जस्तो आउन नसकेको पर्यटन क्षेत्रमा आबद्ध मजदुर लगायत व्यावसायीहरुले गुनासो राख्दै आएको छ ।

नेपाल सरकारले गरेको बन्दाबन्दी अर्थात ‘लकडाउन’का कारण कतिपय मजदुरहरुलाई समस्या परेका छन् भने पर्यटन व्यवसाय र यस पेशामा आबद्ध हजारौँ प्रभावित भएका छन् । नेपालमा हाल माउटेन गाइड, आरोही शेर्पा, टे«किङ गाईड, टुर गाईड, पोटर लगायत पर्यटन व्यवसायसँगै होटल व्यवसाय लगायतलाई हेर्ने हो भने यस क्षेत्रमा काम गर्नेको संख्या हजारौं छन् । पर्यटन पेशामार्फत आफ्नो जिविको निर्वाह गर्ने कतिपयलाई कोरोना भाइरसले ठूलो असर परेको छ । यस विषयमा सम्बन्धित निकायको ध्यान जानु जरुरी छ ।

विश्वमा पर्यटन व्यवसायको सुरुवात सन् १८४१ मा बेलायति नागरिक थोमास कुकदृ आफ्नै देशका नागरिकहरुलाई देश भित्र नै व्यवस्थित र संगठित रुपमा रकम लिएर घुमाउन शुरु गरेपश्चात भएको मानिन्छ । विश्वमा ८२ बर्ष पूर्व नै यसको विकास भएतापनि नेपालमा भने १ सय ४ वर्षे राणा शासणकालमा कुटनैतिक उद्देश्यबाहेक विदेशीहरुलाई नेपाल भ्रमणमा रोक लागएको कारण राम्रोसँग विकाश हुने अवसर पाएन ।

विस्तारै २००७ मा भएको राजनैतिक परिवर्तन पश्चातपनि आशातित् सफलता भने हात पार्न सकेन । पर्यटन क्षेत्रमा तत्कालीन राजा महेन्द्रले २०१७ सालमा राजनैतिक ‘कू’ गरेपछि भने केही विदेशीहरुले नेपालमा पर्यटन व्यवसाय सुरु गरे । यसरी राजनैतिक अस्थिरताले गर्दा नेपालमा पर्यटन व्यवसायलाई राम्रोसँग फस्टाउने अवसर पाएको थिएन ।

राजनैतिक परिवर्तनमा 0६२/0६३ को जनआन्दोलन हुनु पूर्व पर्यटनका लागि भएको सकारात्मक पक्षको रुपमा तत्कालिन सरकारले गठन गरेको पर्यटन वोर्ड महत्वपूर्ण अंग हो । त्यस पश्चात् तेस्रो जनआन्दोलनपछि विस्तारै नेपाल घुम्न आउने विदेशीको संख्या क्रमिक रुपमा बढ्दै गयो ।

वि.स. २०७२ सालमा आएको महाविनासकारी भूकम्पको कारण पुनः नेपाल घुम्न आउनेको संख्या ओरालो लागेको थियो । त्यसकारण पर्यटन क्षेत्रलाई विकाश गर्न सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष घोषणा गरी प्रचारप्रसार शुरु गरेता पनि विडम्बना हाम्रो लागि २०२० भने सुखद हुन सकेन ।

बरु २०२० विश्वभरी नै हजाराँैको संख्यामा मानिसहरुको मृत्युको दिन बन्यो । यसबाट राज्यले समेत ठूलो आर्थिक क्षति व्यहोर्न बाध्य भए । अब नेपालको पर्यटन क्षेत्रलाई विकाश गर्न र यहाँका पेशा व्यवासायीलाई यसै क्षेत्रमा व्यस्ता राख्न सरकार ठोस निति सँगै पर्यटन व्यावसायीहरुलेले धेरै मिहिनेत गर्नु पर्नेछ । तर विडम्बना अझै पनि नेपाल सरकारले ठोस निति ल्याउन सकेको छैन भने पर्यटन मजदुरहरु दिर्गकालिन नितिको माग भन्दा पनि छोटो समयको लागि आर्थिक राहत प्याकेजको माग गर्दै आन्दोलनमा उत्रेका छन् ।

यसै क्रममा टे«किङ गाईडहरुको संगठन टे«किङ गाईड एसोसिएसन अफ नेपाल ९टिगान० ले यस पर्यटन क्षेत्रमा कार्यरत गाईडहरुलाई राहतको माग गरेको थियो । नेपाल सरकारले पर्यटन विधेयक मस्यौदा २०७७ सर्वजानिक गरेपछि एसोसिएसनले तत्कालिन राहत प्याकेजलाई भन्दा पनि निति निर्माणलाई विशेष प्रथामिकतामा राखेर संस्थागत पहल सुरु गरिएको थियो । पर्यटन विधेयकको विषयमा भने हाल सम्म पनि केही निर्णया आएको छैन ।

त्यस्तै पर्यटन मजदुरसँग आबद्ध विभिन्न संघ संस्थाहरुले पर्यटन मजदुरहरुलाई तत्काल राहत प्याकेज लगायत विभिन्न विषयमा आफ्ना मागहरु राखिरहेको पाईन्छ । तथापि माग राख्ने क्रममा केही विभादहरु रहेको सामाजिक सञ्जालहरुमा पढ्न पाइन्छ । यस्ता विवादहरुले मजदुरलाई सकरात्मक भन्दा नकारात्मक प्रभाव बढी पर्नेमा दुई मत छैन ।

पर्यटन क्षेत्रमा आबद्ध मजदुरहरुलाई श्रम शिक्षाको अभावका कारण यस्ता समस्या आएको हो कि भन्ने धाराणा यस क्षेत्रका केही व्याक्तिहरुले राख्दै आईरहेको छ । मजदुरहरुले राखेको माग सही भएता पनि संस्थागत रुपमा सहकार्यको अभाव भने सबैले महसुस गरेको छ ।

यसरी आफ्ना मागहरु राख्दा संस्थागत रुपमा सहयकार्य र विशेष अध्यन सहित माग राख्नु पर्ने आजको आवश्त्ता भनेको छ भने सरकारले पनि उनीहरुको विगतका योगदानलाई कदर गद संकटको बेला राहतको व्यवस्था गर्नु पर्दछ ।
अहिले विश्वको अर्थतन्त्र मात्रै नभएर मानव जीवन नै तहसनहस भइरहेको बेला सबै मिलेर यसको नियन्त्रण र न्यूनिकरणमा लाग्नु नितान्त जरुरी छ । पर्यटन क्षेत्रमा संलग्नहरुले पनि यसतर्फ गम्भिर भएर कार्यक्रमहरु अघि बढाएमात्रै छिटो समाधान भेटिने र पर्यटक आगमनका लागि वातावरण बन्ने छ ।

अन्यथा, सरकारको वर्तमान रवैयालाई मात्रै टुलु्टुलु हेरेर वस्ने र आन्दोलन गर्दै बस्ने हो भने नेपालको पर्यटन बर्षौसम्म उठ्न नसक्ने गरी थला पर्ने निश्चित छ । तसर्थ, सबैले बेलैमा विचार गरेर सद्मार्गतिर लाग्दै सरकारका कदमहरुलाई सहयोग गर्ने र सचेत भएर नियन्त्रण र न्यूनिकरणतिर लाग्नुको विकल्प छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार