कोरोना अपडेट : कुन प्रदेशमा कति संक्रमित थपिए ?

काठमाडौं :  प्रदेश नम्बर १ मा ४१, प्रदेश नम्बर २ मा ८ सय ६३, बागमती प्रदेशमा ४ हजार ६ सय ५० र गण्डकी प्रदेशमा ६ सय ३६ जना संक्रमित संस्थागत आइसोलनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ५९, कर्णाली प्रदेशमा २ सय ८९ र सुदूरपश्चिम प्रदेशमा ३ सय ९० गरी देशभरी संस्थागत आइसोलेसनमा ८ सय २ सय २८ जना संक्रमित रहेका छन ।

आज होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ५ सय २२, प्रदेश नम्बर २ मा ७ सय २५, बागमती प्रदेशमा ५ हजार ५ सय १६ र गण्डकी प्रदेशमा २ सय ८६ जना रहेका छन ।

यस्तै प्रदेश नम्बर ५ मा ७ सय १७, कर्णाली प्रदेशमा २ सय २५ र १ सय ९५ जना गरी देशभरी ९ हजार १ सय ८६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । आइसियुमा २ सय २० र भेन्टिलेटरमा ४३ जना संक्रमित उपचाररत रहेका छन ।

आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ५ सय १६, प्रदेश नम्बर २ मा १२ हजार ७ सय ६०, बागमती प्रदेशमा १२ हजार ८ सय १२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ४१ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ७ सय ७५, कर्णाली प्रदेशमा २ हजार ७ सय ८२ र सुदूरपश्चम प्रदेशमा ६ हजार ३ सय ६८ गरी आजसम्म ४९ हजार ९ सय ५४ जना संक्रमित निको भएर घर फर्किएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार