काठमाडौं: अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको ब्याटिङ वरीयतामा नेपालका पारस खड्काको वरीयता सुधार भएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङमा ४ स्थान सुधार भएको हो । नयाँ ब्याटिङ वरीयतामा पारस ७१ औं स्थानमा उक्लिएका छन् ।
यसअघि उनी ७५ औं स्थानमा रहेका थिए । सन्दीप लामिछानेको बलिङ वरीयता भने यथावत रहेको छ । नयाँ वरीयतामा सन्दीप ७९ औं स्थानमा रहेका छन् । टी–ट्वान्टीको राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा यथावत रहेको छ ।
यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो । नेपालको टी–ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेका छन् । यस्तै,एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।