ब्ल्याक प्यान्थरका अभिनेता चाडविक बोसम्यानको निधन

काठमाडौँ  :  हलिउडको बहुचर्चित  सिनेमा ब्ल्याक प्यान्थरुका मूल अभिनेता चाडविक बोसम्यानको शुक्रबार निधन भएको छ । ४३ वर्षे बोसम्यानको लस एन्जल्सस्थित निवासमा मृत्यु भएको हो । उनलाई पेटको क्यान्सर थियो ।  चार वर्ष अगाडि क्यान्सर भएको पत्ता लागेको भए पनि उनले आफ्नो स्वास्थ्य स्थितिलाई सार्वजनिक गरेका थिएनन् ।

साउथ क्यारोलिना राज्यमा जन्मिएका बोसम्यानले हावर्ड विश्वविद्यालयबाट स्नातक गरेपछि अभिनय यात्रा सुरू गरेका थिए । करिअरको सुरूमा टेलिभिजनमा सानोतिनो भूमिकामा अभिनय गरेका उनलाई खास चर्चा सन् २०१३ मा रिलिज भएको अमेरिकी बास्केटबल खेलाडी ज्याकी रोबिन्सनको जीवनीमा आधारित ४२ सिनेमाबाट मिलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार