सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा “गज्जवको लभ स्टोरी” नामक युटुब सिरिज निर्माण हुने भएको छ । जिल्लामै पहिलो पटक “स्कुल अफ लाइफ” सस्थाले युटुब सिरिज निर्माण गर्न लागेको हो ।
जिल्ला सदरमुकाम सल्लेरीको आसपासमा छायाँकन गरिने सिरिजमा मुख्य कलाकारको भुमिकामा बारिस सोना, समिता तामाङ र मिङमा लमु शेर्पा रहने सस्थाले जनाएकोे छ । अन्य कलाकारहरु जीवन थापा, इमान राई, छिरिङ शेर्पा, दावा रिन्जी शेर्पा, ममता राई, अन्जना श्रेष्ठ, स्लेसा राजभण्डारी, पासाङ डोमा तामाङ र जक्स तामाङ लगाएतका कलाकारहरुको पनि भुमिका रहनेछ ।
राजु श्रेष्ठको कथामा निर्देशक सुनिल गुरुङ र सह निर्देशक आसिस तामाङ हुनुहुन्छ । युटुब सिरिज समाजका समसामयिक बिषयमा आधारित रहने कलाकार बारिस सोनाले जानकारी दिनु भयो ।
केहि समय पछि “स्कुल अफ लाइफ” युटुब च्यानलबाट सार्वजनिक गरिने “गज्जवको लभ स्टोरी” नामक युटुब सिरिज छायाँकन सुरु भईसकेको छ । सिरिजमा गायन एवं संगित विशेष खालिङको रहनेछ, यस्तै सिनेम्याटो ग्राफर आप्पा शेर्पा, प्रोडक्सन डिजाईनर एलिसा मगर रहेकोे सिरिजको प्रोडुसर “ज्ञानी ज्ञा” रहेको छ । सिरिज निमार्णको लागि थुप्रै ब्यत्ति एवं सँघ सस्थाले सहयोग गरेको कलाकार सोनाको भनाई छ ।