प्रतिभाको मञ्च सिजन ४ सुरु हुदै , कसरी आबेदन दिने ?

काठमाडौं :प्रतिभाको मञ्चको चौथो सिजन संचालन हुने भएको छ । सामाजिक सेवाको भाबले सञ्चालित युटुब कार्यक्रम फरक सोचलाई सहयोग गर्ने सामाजिक उदेश्य सहित यो प्रतिस्पर्धा सुरु हुन लागेको हो । समाजमा रहेका बृद्ध बृद्धाहरु, एकल महिला, टुहुरा बालबलिका तथा अपांगहरुलाई खाद्यान्न लत्ता कपडा र नगद नै सहयोग गर्दै आएको फरक सोचका संचालक राम चन्द्र सुन्दासले बताउँनु भएको छ ।

प्रतिभाको मञ्चको चौथो सिजनमा सम्पुर्ण उमेर समुह, सम्पुर्ण जातजाती, महिला, पुरुष, बालबालिका, अपांग र खास गरी नेपाली भाषा जान्ने जो कोहिले पनि प्रतियोगीको रुपमा भाग लिन पाउने छन । मनोरञ्जनका सम्पुर्ण बिधाहरु प्रतियोगीतामा समावेस गरिएको जनाईएको छ । प्रथम चरणमा प्रतिस्पर्धिको घरमै गएर अडिसन लिइने छ, दोस्रो चरणमा भने लाईभ अडिसन गरिने छ जहाँ जर्शक दिर्घा पनि रहने छन ।

पांचौ चरणमा पुग्दा कार्यक्रमको फाईनल हुने छ । प्रतियोगीतामा आबेदकको रुपमा आएका सबै बिधाहरुबाट उत्कृष्ट एक –एक जना को छनौट गरी अन्तिम चरणको समापन हुने बताईएको छ । बिधाका आधारमा निर्णायक मण्डल रहने पनि भनिएको छ । बिजेताहरुले नगद र अन्य उपहारहरु पाउने छन । सम्पुर्ण एपिसोडहरु युटुब च्यानल फरक सोचमा प्रत्येक सोमबार र शुक्रबार लाईभ हुनेछन । अडिसन अहिले भैरहेको पनि भनिएको छ ।

आबेदन भर्नको लागी घरमै आउने भएपछि सहज हुने बताईएको छ । त्यसको लागी प्रतिस्पर्धिले आफ्नो ठेगाना आयोजक फरक सोचलाई जानकारी गराउनुपर्ने छ ।
प्रतिभाको मञ्चको सिजन एक देखि तिन सम्म आईपुग्दा क्रमश, गायनबाट ताप्लेजुङका भुपेन्द्र बिष्ट, गायनबाट काठमाडौँकी समिक्षा बस्नेत र गायनबाटै पाँचथरका मुस्कान राईले प्रतियोगीता जितेका थिए । यस पटक कस्ले र कुन बिधाबाट बाजी मार्ने हो उत्कृष्ट विषय बनिसकेको छ । कार्यक्रम सम्बन्धि सम्पुर्ण जानकारी फरक सोचको अफिसीयल युटुब र फेसबुक ९फरक सोचमा राखिने सुन्दासले बताउँनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार