लुकी लुकी ईहानीलाई सताउने को होला (भिडियो सहित)

काठमाडौं: नव कलाकार ईहानी त्रिपाठीलाई संगमले लुकी लुकी हेरेर हैरान पारेका छन । ईहानीका अनुसार संगमले माया पाउनको लागी यस्तो हर्कत गरेको उल्लेख छ । तर यस प्रकारको घटना वास्तविक जिवनमा नभई म्युजिक भिडीयोमा रहेको कथाबस्तु भएको बताईएको छ ।

केहि समय पहिले संगीत बजारमा लुकी लुकी बोलको गीत सार्बजनिक भएको छ । गीतमा सुन्दर पन्तको शब्द रहेको छ भने ताराबिर पाण्डेको स्वर र संगीत रहेको छ । टंक बुढाथोकीको संगीत संयोजन रहेको गीतमा ईहानी र संगम को अभिनय रहेको छ । म्युजिक भिडियोलाई घनश्याम तिमल्सीनाले निर्देशन गरेका छन भने बिश्वास भण्डारीले सम्पादन गरेका छन ।

भिडियोको पोष्ट प्रोडक्सन भने बि स्क्वाएर मिडियाको रहेको छ । भिडियोको कोरीयोग्राफर सन्दिप मगर गरेका छन । सिनेमाटोग्राफरको जिम्मेवारी रामकृष्ण कडेल को हो । गीत डिजीटल मार्केट युटुबमा उपलब्ध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार