काठमाण्डौँः– २०१८ मा सगरमाथाको सफल आरोहण गरिएको दाबुटी शेर्पा चाइनाको बुहान प्रान्तबाट विकास भएको कोरोना भइरसका कारण आफूले भनाएको योजना नै परिवर्तन वताउनु हुन्छ । नेपाल सरकारले भिजिट नेपाल २०२० घोषण गरे सँगै दाबुटीले पनि आफ्नो केही योजनाहरु भनाएको थियो । विश्वाको सवोच्च शिखरमा कफी बनाएर विश्वबाट आएका आरोहीहरुलाई पिलाउन सफल भए पछि शेर्पाले पनि हिमाल आरोहणको मोह बढ्दै गयो ।
शेर्पाले दोलाखा जिल्लाको दूई वटा पिक र आमाडब्लम हिमाल आरोहण पछि नेपाल सरकारको योजना सँगै नयाँ हिमालको आरोहण गर्ने तयरी गरेको थियो तर यो भने केवल योजनामा सिमित हुन पुग्यो । भाइरसको काराण उनको योजनामा मात्र हैन पर्यटन पेशामा अबद्ध आरोही शेर्पा र पर्यटन व्यवासायीलाई असर परेकोमा उनी दुःखी छिन् । भाइरसकै कारण नेपालको अर्थतन्त्रमा समेत ठूलो क्षती बेहोर्न परेको छ ।
शेर्पा भन्नु हुन्छ कोरोना भाइरस विश्व तहसनहस भएको छ हजारौँले ज्यान गुमाउन पुगेको भएता पनि अन्य देशको तुलनामा नेपालमा भने यसको संक्रमण न्यून छ यसको लागि नेपाल सरकारको निर्णय प्रति धन्यवाद व्यक्त गर्दछु । यो भन्दै गर्दा नेपालमा यसको प्रभावलाई बढ्न नदिन सम्पूर्ण नेपालीहरुले नेपाल सरकारको नियमलाई पालना गर्न अनुरोध समेत गर्नु भयो । शेर्पा आरोही मात्र हैन नेपालमा एक उदाउदो व्यवासायी पनि हुन । कोरोण भाइरसको संक्रमण हुने देशको संख्य बढ्दै गएपछि नेपाल सरकारले बन्दाबन्दी अर्थत लकडाउन घोषण गर्दा नेपालका हजारौँ व्यवासीहरु मार्कामा परेका उनी बताउछिन् ।
पर्यटनको प्रमुख गन्तव्य रहेको नेपाल भाइरसकै कारण पर्यटन क्षेत्र ठप्प छ यसमा उनले चिन्ता व्यक्त गरेका छन् । घरमा प्रतेक दिन समाचार पढ्ने, सामाजिक संजालमा साथीभाई सँग कुराकानी गर्ने र दिन रात सुत्ने उठ्ने दैनिकीमा दिन बिताई रहेकी उनी हरेक पल नेपालको पर्यटन क्षेत्र खस्कने हो की भन्नेमा चिन्तित छिन् ।
सानोमा हिमाली क्षेत्रमा हुर्केकी उनले पर्यटन क्षेत्रमा नै रम्ने अवसर पएकी थियो तर यो अहिले परिवर्तन भएको छ । उनले पर्यटन क्षेत्र त के राजधानीमा संचालन गर्दै आएको क्याफेमा समेत पुने वातावरण नरहेको उनी वताउछिन् । यसरी नै दैनिकी बिताउदै जानु पर्ने हो भने नेपालमा म जस्तो व्यवासायबाटै आफ्नो जिविको पार्जन गर्ने र हजारौँ मजदुरहरुको देनिकीमा आप्ठ्यारो नहोला भन्न सकिन्न यसको कारण मानिसहरु डिप्रेसनमा जाने सम्भावना देखिन्छ, यसमा सम्बन्धित निकायले ध्यान दिदै तत्काल समस्यको समाधान खोज्नु जरुरी छ ।
अहिले नेपाल सरकारले घोषण गरेको लकडाउन बैशाख तिन गते सम्मा भनिएको छ यो थप्न सक्ने स्थिति सृजना भएको छ । साँचिकै सरकारले नेपालको सुनौलो भविष्य हेर्ने हो भने लकडाउन सँगै खुल्ला सिमानाबाट हुने गरेको अवातजावतमा काडाई गर्नु पर्ने देखिन्छ । सबै व्यवस्थित गर्ने हो भने कोराना भाइरस मुक्त देश बनाउन हामी सबै नेपाली सफल हुनेमा दुई मत छैन भन्दै सबैलाई सचेत भई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अनुरोध गरेकी छिन् । शेर्पा आरोही सँगै मिस शेर्पा २०१८ पनि हुन् ।
शेर्पाको जस्तो दैनिकी हाल विश्वले विताई रहेका छन् । शेर्पाले कोरोना भाइरसकै कारण ज्यान गुमाउन भएको सम्पूर्ण मृतक प्रति समावेदना समेत व्यक्त गरेकी छिन् ।