बर्षातका कारण प्रतियोगीता प्रभावीत हुँदा स्मृति कपको उपाधी सोलुखुम्बु र सुनसरीलाई

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : तेस्रो मदन भण्डारी स्मृति कप प्रदेश स्तरीय भलिबल प्रतियोगितामा सोलुखुम्बु र सुनसरीलाई संयुक्तरुपमा विजेता घोषणा गरिएको छ । शनिबार फाइनल खेल चलिरहेको समयमा बर्षात भएपछि खेल प्रभावीत बनेको थियो । सोलुखुम्बु र सुनसरी बीचको खेलमा २५–१५, २५–२३, १९–२५, २३–२५ र ५–५ को अवस्थामा पुगेपछि खेल स्थगीत गर्नुपरेको स्पोर्टस एकेडेमी सोलुखुम्बुका अध्यक्ष दिपक राजभण्डारीले जानकारी दिनुभयो ।

सुरुवका दुई सेट सोलुखुम्बुले जितेको थियो त्यस पछिका दुई सेटमा सुनसरीले जितेको थियो । अन्तिम सेटको खेल चलिरहेको र दुबै टोलिको ५–५ अंक भएको अवस्थामा असिना सहितको वर्षात भए पछि खेल अबरुद्ध भएको थियो । भारी वर्षा भएका कारण पुनः खेल सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले दुवै टोलिलाई संयुक्त विजेता बनाइएको नेपाल भलिबल संघका केन्द्रिय सचिव डि.वि नेपालीले जानकारी दिनुभयो । उनीहरुले बराबरी पुरस्कार पाउँनेछन् ।

नेकपा प्रदेश नम्बर १ का प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारीले उपाधि विजेतालाई थप गरेको ५० हजार सहित ३ लाख नगद बराबर रुपमा वितरण गरिएको मदन भण्डारी स्पोर्ट एकेडेमि प्रदेश नम्बर १ का अध्यक्ष सागर थापाले जानकारी दिनुभयो । शनिबारनै भएको खेलमा भोजपुरलाई पराजित गरि झापाले तेस्रो स्थान हासिल गरेको छ । झापाले भोजपुरलाई २५–१३, २५–१८, २२–२५, २४–२६ र १५–९ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको हो । तेस्रो भएको झापाले ५० हजार नगद पाउने छ भने भोजपुरले २५ हजार प्राप्त गरेका छन् ।

प्रतियोगिताको उदयीमान खेलाडी भोजपुरका रोमन बस्नेत भए । उनले १० हजार नगद, ट्रफि पाउँनुभएको छ । यस्तै उत्कृष्ट सर्भर झापाका भरत यादव, उत्कृष्ट स्पाइकर सोलुखुम्बुका सुनम मगर, उत्कृष्ट सेटरमा पनि सोलुखुम्बुकै अर्जुन राई, उत्कृष्ट लिब्रो सुनसरीका बसन्त राई, उत्कृष्ट ब्लकर सुनसरीकै सुरज चौधरी हुनुभएको छ । उत्कृष्ट हुने सबैलाई जनहि १०–१० हजार नगद, ट्रफि र प्रमाण पत्र प्राप्त गर्नुभयो ।

सर्वाेत्कृष्ट खेलाडी सोलुखुम्बुका सन्जय बस्नते र सुनसरीका अनिस राईलाई संयुक्त रुपमा प्रदान गरियो । संयुक्त रुपमा सर्वोत्कृष्ट भएका दुवैलाई ८–८ हजार नगद, ट्रफि र प्रमाण पत्र प्राप्त प्रदान गरिएको छ । उनीहरुलाई नेकपा प्रदेश नम्बर १ संसदिय दलका प्रमुख सचेतक एवम् सांसद बुद्धिकुमार राजभण्डारीले पुरस्कार प्रदान गर्नुभयो । मदन भण्डारी स्पोर्ट एकेडेमिको आयोजनामा भएको प्रतियोगितामा प्रदेश नम्बर १ का १३ टोलिको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन सत्रलाई संबोधन गर्न प्रदेश एकका मुख्य मन्त्री सेरधन राई, भौतिक पुर्वधार विकास राज्य मन्त्री अम्बीर बाबु गुरुङ सोलुखुम्बु आउँनुभएको थियो । शनिबार काठमान्डौबाट हेलिकोप्टर मार्फ फाप्लु आउँनुभएका मुख्य मन्त्रीको टोलि ओखलढुंगाको रुमजाटार हुँदै काठमान्डौ फर्केको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार