प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको क्वाटर फाइनल खेल शुक्रबार, कुस्ले कस्को सामाना गर्ने ?

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : प्रदेश स्तरीय तेश्रो मदन भण्डारी स्मृति पुरुष भलिबल प्रतियोगिताको क्वाटर फाइनलको समिकरण पुरा भएको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित योङ्ग स्टार क्लवको खेल मैदानमा जारी प्रतियोगिताको दोश्रो दिन बुधबार लिग चरणका खेलहरु सम्पन्न भएको छ ।

बिहिबार क्वाटर फाइनलका खेलहरु हुने छ । क्वाटर फाइनलको पहिलो खेलमा झापा र संखुवासभा भिड्नेछन् । झापा समुह ए को बिजेता हो भने संखुवासभा समुह सी को उपविजेता हो । बिहिबारको दोश्रो खेलमा सोलुखुम्बुले खोटाङको सामना गर्नेछ । सोलुखुम्बु समुह बी को विजेता हो भने खोटाङ समुह डी को उपविजेता हो । यस्तै तेश्रो खेलमा समुह सी को विजेता सुनसरीले समुह ए को उपविजेता धनकुटासँग प्रतिस्पर्धा गर्नेछ । क्वाटर फाइनलको अन्तिम खेलमा समुह डी को विजेता ओखलढुंगाले समुह बी को उपविजेता भोजपुरको सामना गर्ने मदन भण्डारी स्पोर्टस एकेडेमी सोलुखुम्बुका अध्यक्ष दिपक राजभणडारीले जानकारी दिनुभयो । तेश्रो दिनको खेल विहान १० बजेदेखि शुरु हुने आयोजकले जनाएको छ ।

बिहिबार हुने क्वाटर फाइनलका खेलहरु
झापा – संखुवासभा
सोलुखुम्बु – खोटाङ
सुनसरी – धनकुटा
ओखलढुंगा –भोजपुर
बुधबार ७ खेल सम्पन्न

दोश्रो दिन बुधबार बिहान भएको पहिलो खेलमा भोजपुरले उदयपुरलाई २५–२२ र २५–१७ को सोझो सेटमा पराजित गर्यो । यस्तै संखुवासभा सुनसरी सँग २२–२५, २५–१९ र १९–२५ ले पराजित हुँदा झापाले इलामलाई २५–१५, २५–२७ र २५–१७ ले पराजित गर्यो । अर्को खेलमा सोलुखुम्बुले उदयपुरलाई २५–२३ र २५–२३ ले पराजित गर्यो । पाँचथर र संखुवासभा बीचको खेलमा २५–१६ र २५–२३ अंक सहित संखुवासभा विजयी भयो ।

यस्तै ओखलढुंगाले मोरङलाई २५–२० र २५–२२ ले पराजित गर्दा दोश्रो दिनको अन्तिम खेलमा तेह्रथुम र खोटाङ बीचको प्रतिस्पर्धात्मक खेलमा खोटाङले तेह्रथुमलाई २३–२५, २५–१४ र २५–१९ ले पराजित गर्यो ।

इलाम, उदयपुर, पाँचथर, मोरङ र तेह्रथुम भने लिग चरणवाट नै बाहिरिएको छ । मंगलबारदेखि शुरु भएको प्रतियोगितामा प्रदेश १ का १३ जिल्लाको सहभागिता रहेको छ । फागनु १० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु.१ लाख ५० हजार तथा उपविजेताले रु.१ लाख नगद ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलिले ५० हजार तथा चौथो हुने टोलिले २५ हजार नगदका साथ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । प्रतियोगीतामा प्रथम हुनेले नेकपा संसदियदल प्रदेश एकका प्रमुख सचेतक एवम् सांसद बुद्धिकुमार राजभण्डारीले व्यक्तिगत तर्फबाट रु.५० हजार थप पुरस्कार प्रदान गर्ने घोषणा समेत गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार