काँकडभिट्टा : प्रदेश सरकार गठन भएको करिब दुई वर्ष बित्न लाग्दा आइतबार प्रदेश १ मा चार जना नयाँ अनुहारलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेश १ काे सरकारमा चार मध्ये एक महिला पनि छन् । उहाँ हुनुहुन्छ झापाकी जसमाया गजमेर ।
उहाँले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ। पूर्व एमालेको कोटाबाट समानुपातिक प्रदेशसभा सदस्य बन्गनुभएको जमेर झापाको जुझारु नेता हुनुहुन्छ। पार्टीभित्र ‘क्रान्तिकारी’ छवि बनाउनुभएको उहाँले निरन्तर जनताको सेवाको प्रतिफल स्वरुप आफू यो अवस्थामा आइपुगेकी बताउनुहुन्छ। ‘मैले कहिल्यै मन्त्री हुनुपर्छ भनेर मरिहत्ते गरिनँ’, राज्यमन्त्री बनेपछि उनले भनिन्,‘नेतृत्वले जिम्मेवारी दियो अनि स्वीकारे।’
मुख्यमन्त्री शेरधन राईले यसअघि मन्त्रीहरु थप्दा महिला र दलितलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता गर्नुभएको थियो । यसै अनुरुप यस जिम्मेवारी जसमाया गजमेरसम्म आइपुगेको हो।