काठमाडौँ:अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) क्रिकेटमा सिड्नी थन्डरले मेलवर्न स्टार्सलाई १४६ रनको लक्ष्य दिएको छ।
मेलवर्न स्टार्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको सिड्नी थन्डरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४५ रन बनाएको हो।
सिड्नीका लागि म्याथ्यु गिल्क्सले सर्वाधिक ४१ रन बनाउनुभयो। यस्तै कलुम फर्गुसनले ३५, उस्मान खवाजाले ३३ तथा एलेक्स हेल्सले २६ रन जोड्नुभयो।
बलिङतर्फ मेलवर्न स्टार्सका हरिस रौफले सर्वाधिक ३ विकेट लिनसभयो। यस्तै अदाम जम्पा र नाथन कौल्टर निलले एक–एक विकेट लिनुभयो।
अघिल्लो खेलमा तीन विकेट लिएका नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने सिड्नीविरुद्धको खेलमा भने विकेटविहीन बन्नुभयो। चार ओभर बलिङ गरेका सन्दीपले ३९ रन खर्चिए पनि विकेट लिन सक्नुभएन।
१ सय ४६ रनको लक्ष्य पछ्याएको मेलवर्नले जवाफी व्याटिङ थालेको छ। उसले ६ ओभरमा दुई विकेटको क्षतिमा ५३ रन बनाएर खेलिरहेको छ। मेलवर्नका निक मडिन्सन १३ र नाथन कौल्टर निल ११ रन बनाएर आउट भएका छन्।