काठमाडौं : निजगढकी कुशुम चौलागाईँले आमा बन्ने क्रममा मृत्युसँगै जुध्नुप-यो । तर, अस्पतालका डाक्टर र नर्सको सीप, क्षमता र मानवीय भावनाका कारण २३ वर्षीय उहाले मृत्युपछि विजय हासिल मात्र गर्नुभएन सकुशल आमा पनि बन्नुभयो।
साढे चार महिनाअघि गर्भवती चौलागाईँलाई अत्यधिक टाउको दुखेको कारण अर्धचेत अवस्थामा महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय९त्रिवि० शिक्षण अस्पताल पु-याइयो, तर उहाको दुई घण्टाभन्दा बढी समयसम्म कुनै उपचार भएन । उहाको श्रीमान यद्ध खड्काले उहालाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याउनु भयो ।
त्यहाँ पु-याएको दुई घण्टामा रोग पत्ता लगाएर शल्यक्रिया गरेकै कारण आज आमा र बच्चा दुवैले नयाँ जीवन पाएका छन् । चौलागाईँलाई १२ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । आजको नेपाल समाचारपत्रमा भगवती तिमल्सिनाले यो समाचार लेख्नुभएको छ।