शहीद स्मारक ‘ए’ डिभिजन लिगका खेल स्थगित

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा शनिबारबाट पाँचौ चरणका खेल सञ्चालन गर्ने यस अघि अखिल नेपाल फुटबल संघ एन्फाले तालिका सार्वजनिक गरेको थियो । लिगका दुई अपराजित टोलीद्वय मनाङ मस्र्याङ्दी र स्टार खेलाडीले भरिएको मच्छिन्द्रबीचको खेल शनिबारका लागि तोकिए पनि खराब मौसम र हिलाम्मे मैदानका कारण स्थागित भएको छ ।

भ्रमण वर्षको उद्घाटन सत्र भएको त्रिपुरेश्वर स्थित दशरथ रंगशाला शुक्रबार परेको वर्षाका कारण हिलाम्मे भएको छ । यही विषयलाई कारण बनाउँदै एन्फाले शनिबार तय भएका पाँचौ चरणका खेललाई सोमबारबाट सञ्चालन गर्ने शुक्रबार सूचना जारी ग¥यो । पाँचौ चरणका खेल सञ्चालनका लागि रंगशाला नै एन्फाले खेल स्थल तोकेको थियो ।

तर मैदान खेलका लागि अनुपयुक्त भएको कारण देखाउँदै लिगको महत्वपूर्ण खेल स्थगित गर्नु परेको लिगका निर्देशक सञ्जीव मिश्रले बताउनु भएको छ । आयोजक एन्फाले दर्शक दिर्घामा दर्शक तान्ने विभिन्न आयोजना ल्याए पनि दर्शक लिगका खेल अहिले सम्म आएका छैनन् । मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले भुटानसँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दा दर्शकको ओइरो रहेको थियो ।

तर नेपाली फुटबलको मेरुदण्डको रुपमा हेरिएको सहिद स्मारक ए डिभिजन लिगमा दर्शक नआउँदा एन्फा चिन्तित भएको हो । पाँचो चरणका खेल दशरथ रंगशालमा तय भए हिलो मैदानका चैत्र १४ र १८ गते अस्ट्रेलिया र चाइनिज ताइपेइ विरुद्धको खेलमा मैदान विग्रने डरले जोखिम नलिएको सञ्जीव मिश्रले बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार