बाजुरा : जिल्लाका अधिकांश वादी परिवारका लागि घरवासको व्यवस्था नहुँदा जीवन भर त्रिपालमुनीकै बास बस्न बाध्य भएका छन् । घुमन्ते जीवन अँगाल्दै आएका गन्धर्वहरुको स्थायीरुपमा बसोबास गर्नका लागि आफ्नो नाममा जमिन नभएको कारण उनीहरुले स्थायीरुपमा घर लगाउन नसकेपछि पुस्तौदेखि अहिलेसम्म बाजुराका अधिकांश वादी परिवार त्रिपालमुनीकै बास बस्न् बाध्य भएका हुन् ।
जिल्लाको बुढीगङ्गा, बुढीनन्दा नगरपालिका र गौमुल, हिमाली गाउँपालिकाका अधिकांश ठाउँमा पहिलादेखि बस्दै आएका वादी परिवारको नाममा जमिन नभएकोले उनीहरुले अहिलेसम्ममा पनि एक ठाउँमा निश्चित् बास बस्नका लागि घरबारको व्यवस्था गर्न नसेपछि जीवनभर त्रिपालमुनीको बासमा जीवन जिउन बाध्य भएका भएका छन् ।
जिल्लामा स्थानीय सरकार आए सँगै महिला दलित बालबालिकामा केही परिवर्तन आएपनि गन्धर्व परिवारको भने समाजिक, आर्थिकरुपमा केही परिवर्तन नभएको बुढीगङ्गा नगरपालिका –७ मा अस्थायीरुपमा बस्दै आएका चन्द्र वादीले बताउनुभयो ।
समय पर्खदै दिन गयो, दिन गन्दै महिना आयो , महिना गन्दै वर्ष आयो, पञ्चायत पछि प्रजातन्त्र आयो, प्रजातन्त्रपछि ,लोकलन्त्र गणतन्त्र आयो, यो सँगै देशमा पनि परिवर्तन आयो तर जिल्लाका विभिन्न ठाउँमा बस्तै आएका वादी परिवारको जीवनमा भने परिवर्तन ल्याउनका लागि कोही सरकार नआएको बडिमालिका नगरपालिमा –१ जुगाडामा अस्थायीरुपमा त्रिपालमुनीको घरबास गर्दै जीवन जिउन बाध्य भएका जोगगिरी वादीले बताउनुभयो ।
उहाँले भन्नु भयो ,हुक्का ,सुल्पा बनाएर गाउँमा गाउँमा लगेर बेच्ने र तिहारको बेलामा सारङ्गी मादल आदी बजाउँदै गाउँ गाउँमा माग्दै आफ्नो जीवन जीउन सहज हुन्थ्यो अहिले यो पेशा पनि लोप हुँदै गएकोले अन्य व्यवसाय गर्न समस्या भएको बताउनुभयो ।
जिल्लाका विभिन्न ठाउँमा भएको स्वास्थ्य , सामाजिक परिवर्तन सगै जिल्लाका अधिकाशं बुढापाकाले सुर्ती तमाखु खान छोड्दै गएपछि गन्धर्व परिवारको सुल्पालाई कोही कसैले नराख्दा उनीहरुको पेशा लोप हुँदै गएको हो बुढीगङ्गा नगरपालिका १० का इन्द्र नेपालीले बताउनुभयो ।
जिल्लाका विभिन्न ठाउँमा बस्दै आएका गन्धर्व परिवारले बाजुराका विभिन्न ठाउँमा सुल्पा दिदै अन्न माग्दै जाने चलन पनि विस्तारै हराउँदै जाँदा वादी परिवारहरु चिन्तित भएका छन् ।
वादी परिवारले कालोमाटोलाई पिट्दै बनाएका सुल्पा जिल्लाका साविकका गाविस तोली, छतारा, बारबीस जयवाग्यश्वरी, काँडा, गुदुखाती, आटीचौर, डोगडी, तोली र कैलाशमाण्डौ लगायतका ठाउँमा पु¥याउने र खेतिको सिजनमा खलोको रुपमा अन्न उठाउँदै बालबच्चा छोरा छोरी घरपरिवार पालन पोषण गर्दै आएका थिए अहिले उनीहरुको त्यो पेशा लोप हुँदा चिन्तामा परेका हुन् । गोरखापत्रमा समाचार छ ।