सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमइपी) मार्फत ३ लाख बेरोजगार युवालाई न्युनतम रोजगारी दिने लक्ष्यसहित ५ अर्ब १ करोड रुपैयाँ स्थानीय तहमा पठाउने तयारी गरेको छ।
चालू आर्थिक वर्षको रोजगार कार्यक्रम अन्तर्गत ७५३ स्थानीय तहमा पुसको परियोजनामार्फत रोजगारी दिन सो बजेट विनियोजन गर्न लागेको हो।
यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।
सरकारले महत्वका साथ अघि बढाएको प्रधानमन्त्री स्वरोजगार कार्याक्रम (पीएमइपी) अन्तर्गत स्थानीय तहमा परियोजना सञ्चालन गरी बेरोजगार युवालाई एक सय दिनसम्मको रोजगारी दिन पुसको अन्त्यसम्म बजेट विनियोजन गर्ने तयारी सुरु गरेको छ।