नायिका विनिता बराल आमा बनेकी छिन् । अमेरिकामा रहेकी विनिताले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक संजालमाफर्त उनी आफैले यो कुराको जानकारी दिएकी हुन् ।विनिताले छोरीको नाम ‘काया’ राखिएको समेत सामाजिक संजालमा उल्लेख गरेकी छिन् । आमा र छोरीको स्वास्थ्य राम्रो रहेको वुझिएको छ ।
चलचित्र ‘चपली हाइट’मा काम गरेपछि निकै नै चर्चामा रहेकी विनिताका यसपछि कुनै पनि चलचित्र सफल भएनन् । यसपछि, उनी कृषीमा समेत लागेकी थिइन् ।







